+
+

होण्डाको ‘दशैंमा १० लाख’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १३:०७

काठमाडौं । होण्डा टु व्हिलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘दशैंमा १० लाख’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रूपैयाँ नगद जित्न सक्नेछन् ।

यसका साथै ‘चुज योर स्किम’ अर्न्तगत ग्राहकहरुले १० हजार रूपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउने छन् वा १२ हजार ५०० रुपैयाँ बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सक्नेछन् ।

कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले “१ रुपैयाँ फाइनान्स योजना” मा पनि यो ‘दशैंमा १० लाख’ योजना उपलब्ध गराइरहेको छ ।

यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाख रूपैयाँसम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ ।

यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?