+
+

माल्दिभ्सलाई हराएपछि नेपालका प्रशिक्षकले भने- सोचे अनुरुपको नतिजाले खुसी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १७:१७

८ असोज, काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपमा माल्दिभ्सलाई ४-१ ले हराएपछि नेपाली टिमका प्रमुख प्रशिक्षक सुनिल श्रेष्ठले आशा गरे अनुसारकै नतिजा आएको भन्दै खुसी व्यक्त गरेका छन् ।

आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्नका लागि माल्दिभ्ससँगको खेल जित्नै पर्ने दबाब थियो ।

दबाबकै बीचमा पनि खेलाडीको मिहिनेतले खेल जित्न सकेको उनले बताए । ‘आजको खेलमा हामीलाई जित्नै पर्ने दबाब थियो,’ उनले भने ‘खेलाडीहरुले गरेको मिहिनेनतका कारण हामीले जित्यौं ।’

पाकिस्तानसँगको खेलको तुलनामा माल्दिभ्ससँगको खेलमा नेपाली टिममा धेरै सुधार भएको उनले दाबी गरे ।

बिहीबार नेपाललाई हराएको पाकिस्तान शनिबारको खेलमा माल्दिभ्ससँग बराबरीमा रोकियो थियो । शनिबारको माल्दिभ्सको खेल विश्लेषण गरेको भन्दै उनले त्यसकै कारण आज खेल्न सहज भएको बताए ।

माल्दिभ्सका कारण रातो कार्ड खायौं

प्रशिक्षक श्रेष्ठले माल्दिभ्सका कप्तानका कारण आफूहरुले रातो कार्ड पाउनु परेको बताए ।

‘मैदानभित्र माल्दिभ्सका खेलाडीले हामी आयोजक भएर पनि होला नेपाल र रेफ्रीसँग अनावश्यक बहस गरिरहेका थिए’, उनले भने, ‘उनीहरूकै कारण हामीले रातो कार्ड खान पुग्यौं ।’

३३ औं मिनेटमा नेपालका राइट विंगर सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन लड्न पुगेका थिए ।

अगाडि बढेका हसनलाई सुजनले कुमले धकेलेका थिए । त्यसपछि लडेका हसन सुजनप्रति आक्रामक भए ।

त्यसपछि रेफ्रीले असिस्टेन्ट रेफ्रीहरुसँग सल्लाह गरेर दुवै खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

माल्दिभ्सका खेलाडीले सुरुदेखि नै आक्रामक व्यवहार देखाएको श्रेष्ठले आरोप लगाए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?