+
+

सल्यानमा भिरबाट खसेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १०:५३

९ असोज, बुटवल । घाँस काट्न जंगल गएको बेला भिरबाट लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ ।

बनगाड कुपिण्डे नगरपालिका-१ बालुवासंग्रही नजिकै मंगलबार बिहान घाँस काट्न गएका अन्दाजी ४५ वर्षीय दिपक कामीको भिरबाट खसेर मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा भिरबाट चिप्लिएर भेरी करिडोर सडकमा खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?