+
+

कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टर (तस्वीरहरु)

चन्द्रबहादुर आले आर्यन धिमाल चन्द्रबहादुर आले, आर्यन धिमाल
२०८० असोज ९ गते १३:१७

९ असोज, काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।

माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे ।

राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा. सन्दीप ओखेडाले सुरक्षाको प्रत्याभूति नभएपछि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताए ।

‘हामी स्वास्थ्यकर्मी दिनहुँ भौतिक आक्रमण, हातपात तथा दुर्व्यवहार भोगिरहेका छौं । कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनसकेको छैन’ डा. ओखेडाले अनलाइनखबरसँग भने, ‘आज हामीले सचेतनामूलक र्‍याली गरेका हौं । हामी कार्यस्थलमा असुरक्षित महसुस गरेर सडकमा उत्रिएका हौं ।’

उनीहरुले दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआउ, डाक्टर र बिरामीको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौं कि देश छोडौं ? लगायत प्लेकार्ड बोकेर नारा लगाइरहेका छन् । चिकित्सकको प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो ।

लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको थियो । मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो । यो घटनाले मणिपाल अस्पताल परिसर तनावपूर्ण भएको थियो ।

डाक्टरमाथि हातपात गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?