+
+

नेपाल युवा उद्यमी मञ्चले मनायो २०औं वार्षिकोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १३:५५

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले २० औं वार्षिकोत्सव मनाएको छ । नेपालभर युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशक समर्पित मञ्चले उद्यमीलाई सशक्तिकरण गर्न, महत्वाकांक्षी उद्यमीहरूलाई फस्टाउन र सफल हुन प्लेटफर्म प्रदान गर्दै आएको छ ।

मञ्चले निरन्तर रूपमा देशभरका युवा उद्यमीहरूको उद्यमशील परिदृश्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।

२० वर्षको यात्रामा युवा सशक्तिकरण, नीति एड्भोकेसी, मेन्टरसीप कार्यक्रम, च्याप्टर विस्तार, उद्धमशीलाता शिक्षा, मेड इन नेपाल अभियान सञ्चालन गरिसकेको मञ्चकी अध्यक्ष सहारा जोशीले जानकारी दिइन् ।

‘हामी हाम्रो अनुभवबाट नेपाली युवा उद्यमीहरूको आगामी पुस्तालाई सशक्तिकरण गर्ने हाम्रो प्रतिबद्धतालाई सुदृढ पार्न तत्पर छौं,’ उनले भनिन् ।

२००३ मा उद्यमी गौरव अग्रवालको अध्यक्षतामा ५ युवाले मञ्चको सुरुवात गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?