+
+

विश्वकपको पूर्वसन्ध्यामा बंगलादेशी कप्तान शकिब र ब्याटर तमिम इकबालबीच विवाद

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते २०:२०

११ असोज, काठमाडौं । एक दिवसीय विश्वकपको तयारीमा रहेको बंगलादेशी क्रिकेट टिमका कप्तान शकिब हल हसन र ब्याटर तमिम इकबालबीच विवाद उत्पन्न भएको छ ।

कप्तान शकिबले इकबालको आलोचना गर्दै उनलाई ‘केटाकेटी’ भनेका छन् ।

बंगलादेशी क्रिकेट टिम विश्वकपका लागि बुधबार भारत पुगेको छ । भारत जानु अघिल्लो दिन घोषणा भएको बंगलादेशी टिममा तमिम इकबाल परेका थिएनन् । चयनकर्ताले फिटनेशको समस्याका कारण उनी टिममा नपरेको बताएका थिए ।

इकबालका समर्थकले भने कप्तान शकिबकै कारण उनी टिममा नपरेको आरोप लगाएका थिए ।

इकबालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू विश्वकपमा खेल्नका लागि फिट रहेको तर बंगलादेश क्रिकेट बोर्डले आफूलाई विश्वकप खेल्न बाधा गरेको आरोप लगाए ।

उनले बंगलादेश क्रिकेट बोर्डका एक सदस्यले आफूलाई तल्लो क्रममा ब्याटिङ गर्न भनेको पनि उनले खुलाए । इकबाल ओपनर ब्याटर हुन् ।

तर शकिबले तमिमले व्यक्तिगत स्वार्थ हेरेको र टिमको बारेमा नसोचेको आरोप लगाए ।

ब्याटिङ अर्डर परिवर्तन गर्न कुनै अधिकारीले प्रस्ताव गरेको भए पनि त्यो गलत नभएको उनले बताए । उनले टिमको आवश्यकता अनुसार कुनै पनि खेलाडीको ब्याटिङ अर्डर परिवर्तन गर्न कुनै समस्या नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?