+
+

केन्द्रीय पुस्तकालयको गेटमा स्ववियुको रातभरि धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १९:२१

१४ असोज, काठमाडौं । केन्द्रीय पुस्तकालय सातै दिन र चौबिसै घण्टा खुला राख्नुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पससको स्वतन्त्र विद्यार्थी युनियनले आन्दोलन गरिरहेको छ ।

९ असोजदेखि स्ववियुले हरेक साँझ ५ बजेदेखि विहान १० बजेसम्म र शनिबार पनि ढोकामा चाबी लगाउन नदिएर खुला राख्नुको साथै हरेक साँझ ७ बजेदेखि ८ बजेसम्म ‘सिकाइपूर्ण साँझ’ कार्यक्रम गरिरहेको छ ।

‘सिकाइपूर्ण साँझ’ मा विभिन्न विषयका प्राध्यापकहरुबाट प्रवचन हुने गरेको स्ववियु अध्यक्ष श्यामराज ओझाले जानकारी दिए । ओझाले भने, ‘यो केन्द्रीय पुस्तकालय हो । हो २४ घण्टा सातै दिन खुलाउने हाम्रो आन्दोलन हो ।’

स्ववियुले कर्मचारी विदा भएर जाने समयदेखि कार्यालय आउने बेलासम्म ढोकामा बसेर खुला गरिरहेको छ । यस विषयमा कुनै पनि खालको वार्तामा नभुल्ने समेत अध्यक्ष ओझाले बताए ।

उनले भने, ‘हामी वार्ता होइन कार्यान्वयन खोजिरहेका छौं । कार्यान्वयन नभएसम्म हाम्रो सिर्जनात्मक आन्दोलन जारी रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?