+
+

दोहोरी साँझमा म्याद नाघेको बियर, वितरकलाई २ लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १८:१८

१५ असोज, काठमाडौं । काठमाडौंको ठमेलमा रहेको एक दोहोरी साँझमा म्याद नाघेको बियर बिक्री गर्ने गरेको पाइएको छ । बजार अनुगमनको क्रममा ठमेलस्थित गामबेंसी दोहोरी साँझमा ग्राहकलाई म्याद नाघेको बियर बिक्री गर्ने गरेको पाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

एक जना ग्राहकले आइतबार साँझ सो दोहोरी साँझमा कार्ल्सवर्ग बियर पिउने क्रममा म्याद गुज्रेको फेला पारे लगत्तै काठमाडौं महानगरमा उनले उजुरी गरेका थिए ।

उनकै उजुरीका आधारमा सोमबार महानगरको अनुगमन टोली सो दोहोरी साँझमा पुगेको थियो । दोहोरी साँझका सञ्चालकले अनुगमन टोलीलाई सधैं आफूले बियर ल्याउने ठमेलकै भीम स्टोरमा पुर्‍याएका थिए । सोमबार बिहान सो स्टोर्समा म्याद गुज्रेको अन्य बियर फेला नपरेपछि साँझ फेरि महानगरको अनुमगन टोलीले स्टोर्समा छड्के अनुगमन गरेको थियो । सो क्रममा ८ वटा म्याद गुज्रेको बियर फेला परेको महानगरले जनाएको छ ।

म्याद गुज्रेको बियर भेटेपछि तत्काल स्टोर्सका सञ्चालक देवदास मानन्धरलाई चेतावनीसहित दुई लाख रुपैयाँ जरिवाना गरिएको महानगरका अनुमगन निरीक्षक डा. अवधेश झाले अनलाइनखबरलाई जानकारी दिए ।

‘अनुगमन टोलीलाई आफ्नो सबै स्टोर्स नदेखाउँदा छड्के गर्नु परेको हो । अबदेखि अनुगमन टोलीलाई सहज ढंगले अनुगमन गर्न र गुणस्तरमा ध्यान दिन हामीले निर्देशन दिएका छौं,’ झाले भने । महानगरको टोलीले दोहोरी साँझका सञ्चालकलाई समेत चेतवानी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?