+
+

धनगढीमा जुनियर क्रिकेट प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १६:२१

१६ असोज, काठमाडौं । धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा धनगढीमा जुनियर क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आगामी मंसिर २५ गतेबाट धनगढीको फाप्ला क्रिकेट मैदानमा १० कक्षासम्मका विद्यार्थीहरुले भाग लिने प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा धनगढीका १६ वटा स्कुलले सहभागिता जनाउनेछन् ।

प्रतियोगितालाईं धनगढीको स्थापित स्टेपिङ स्टोन इंग्लिस स्कुलले मुख्य प्रायोजन गरेको छ । स्कुलका संस्थापक तथा प्राचार्य रामजी हमाल र डीसीएका प्रबन्धक समुयल न्यौपानेले मंगलबार एक कार्यक्रमबीच प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

हमालले सुदूरपश्चिम क्रिकेटको उर्बर भूमि रहेको र यहाँका बालबालिकाहरुमा ग्रास रुट लेभलको क्रिकेट विकासका लागि सहकार्य गरेको बताए । डीसीएका प्रबन्धक न्यौपानेले प्रतियोगिताले नयाँ खेलाडी निकाल्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । यस्तै उपविजेताले १५ हजार तथा म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको डीसीएले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?