+
+

चाडपर्वमा कृत्रिम मूल्यवृद्धि र कालोबजारी गर्नेलाई सरकारले कडा कारवाही गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १८:४१
फाइल तस्वीर

१६ असोज, काठमाडौं । सरकारले चाडपर्वलाई कारण देखाएर कृत्रिम मूल्य वृद्धि र कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘चाडपर्वको बाहाना बनाएर कृत्रिम मूल्यवृद्धि, नाफोखोरी गर्ने, कालोबजारी गर्ने र खाद्य वस्तुको गह्र कानुनी भण्डारण गर्नेलाई प्रचालित कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन् ।

सरकारले उपभोक्तासँग मूल्य वृद्धि, कालोबजारी जस्ता अवैध कार्य गर्नेहरुको सूचना भए हेल्लो सरकार तथा वाणिज्य विभागमा जानकारी गराउन पनि भनेको छ ।

मूल्यवृद्धि नियन्त्रणमा राख्दै सुपथ मूल्यमा उपभोक्तालाई खाद्य वस्तु उपलब्ध गराउन यथासक्य छिटो सहुलियत पसल सञ्चालनका लागि सरकारी नियकालाई आग्रह गर्ने निर्णय सरकारले गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

अस्वभाविक मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारबाही गरेर सबैले थाहापाउने गरी दैनिक प्रतिवेदन सार्वजनिक गरिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यस्तै बजार अनुगमनका सबै संयन्त्रलाई थप प्रभावकारी बनाउन र सरकारी सहुलियत पसल तत्काल सञ्चालनमा ल्याउने निर्णय पनि सरकारले गरेको मनत्री शर्माको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?