+
+

एसियाडको क्रिकेटमा हङकङलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १९:१४

१६ असोज, काठमाडौं । एसियाली खेलकुदको क्रिकेटमा हङकङविरुद्धको खेलमा १२.३ ओभरमा पाकिस्तान ६ विकेट गुमाएर ७३ रनको स्थितिमा थियो ।

तर पुछारका ब्याटरहरुले विस्फोटक ब्याटिङ गरेपछि पाकिस्तानले २० ओभरमा सबै १० विकेट गुमाएर १६० रन बनायो ।

उसका लागि अमिर जमालले १६ बलमा ४१ रन बनाए । यस्तै आसिफ अली र अराफाद मिनहासले समान २५ रन बनाए ।

पाकिस्तानलाई अलआउट गर्ने क्रममा हङकङका आयुष शुक्लले ४ तथा मोहमद गान्जान्फरले ३ विकेट लिए ।

१६१ रनको लक्ष्य पछ्याएको हङकङका ब्याटरलाई पाकिस्तानी स्पिनरले खुलेर खुल्न दिएनन् र हङकङ ६८ रनले पराजित भयो । हङकङका बाबर हायतले २९ रन बनाए ।

हङकङमाथिको जितसँगै पाकिस्तान सेमिफाइनलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?