+
+

काभा भलिबल च्यालेन्ज कप श्रीलंकामा अक्टोबर ९ देखि हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते ८:०९

१७ असोज, हान्झाउ । काभा मेन्स भलिबल च्यालेन्ज कप यही अक्टोबर दोस्रो सातादेखि श्रीलंकामा हुने भएको छ ।

मध्य एसियाका दोस्रो श्रेणीका राष्ट्रहरुले खेल्ने यस प्रतियोगिता यही अक्टोबर ९ देखि १५ सम्म श्रीलंकामा आयोजना हुने पक्का भएको नेपाल भलिबल संघले जनाएको छ ।

जसमा आयोजक श्रीलंका र नेपालसहित बंगलादेश, अफगानिस्तान, उज्बेकिस्तान र साउदी अरेबिया सहभागी हुनेछन् ।

प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा खेलाइनेछ र शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि खेल्नेछन् ।

नेपालले पहिलो खेल अक्टोबर ९ मा बंगलादेशसँग खेल्नेछ । यस्तै अक्टोबर १० मा श्रीलंका, अक्टोवर ११ मा अफगानिस्तान, अक्टोबर १२ मा साउदी तथा अक्टोबर १३ मा उज्बेकिस्तानसँग खेल्नेछ ।

नेपालकाे पुरुष भलिबल टिम चीनमा जारी १९औं एसियाड खेलेर स्वदेश फर्किसकेको छ ।

नेपाल समूह चरणमा बहराइन र इरानसँग पराजित भएको थियो ।

यस्तै नेपालले जुनमा कीर्गिस्तानमा भएको काभा मेन्स नेसन्स लिगसमेत खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?