+
+

यस्तो बन्यो एमाले गण्डकीमा शंकर र पृथ्वीसुब्बा प्यानल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते ८:५०
अध्यक्षका उम्मेदवार नवराज र मायानाथ । मायानाथ शंकर र नवराज पृथ्वी सुब्बा गुरुङ पक्षका हुन् ।

१७ असोज, पोखरा । गण्डकीमा सहमतिको प्रयास सम्भव नदेखिएपछि महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बेग्लाबेग्लै प्यानल तय भएका छन् ।

गण्डकीमा उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा समूहबाट एउटा प्यानल र महासचिव शंकर पोखरेल र खगराज अधिकारी समूहबाट अर्को प्यानलबीच चुनाव हुने पक्काजस्तै भएसकेको छ र यो निर्वाचनलाई नेताहरुको प्रतिष्ठा तथा सफलता, असफलतासँग जोडेर हेरिएको छ ।

शंकर पोखरेलले च्यापेका स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहबाट मंगलबार राति नै प्यानलको टुंगो लागिसकेको थियो भने उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहबाट बुधबार बिहान प्यानलकै टुंगो लगाएको हो ।

गण्डकीमा पहिलेदेखि नै पृथ्वीसुब्बा र खगराज प्यानलका रुपमा कडा प्रतिस्पर्धा हुँदै आएको थियो । यसपटक अन्य प्रदेशमा भइरहेका चुनावी लहरजस्तै महासचिव पोखरेलले खगराज समूहलाई च्यापेका छन् ।

पोखरेल गत स्थानीय, प्रदेश र प्रतिनिधि सभाको टिकट वितरणदेखि नै हाबी हुँदै आएका छन् ।

शंकर समूहबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी अध्यक्ष, उपाध्यक्ष नवलपुरका बाबुराम विक, सचिव कास्कीका रश्मी आचार्य, उपसचिव म्याग्दीमा सन्तोष रावल र कास्कीकी मीना गुरुङलाई उम्मेदवार बनाउने पक्का भइसकेको छ ।

पृथ्वीसुब्बा समूहबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा, उपाध्यक्ष स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिव लमजुङका धनञ्जय दवाडी, उपसचिव पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर विकलाई उम्मेदवार बनाउने टुंगो लागेको छ ।

लेखा आयोग अध्यक्ष नवलपुरका अमृत ज्ञवाली, उपाध्यक्ष गोरखाका गिरिधारी सापकोटाको टुंगो लागेको पृथ्वीसुब्बाका स्वकीय सचिव विक्रम न्यौपानेले जानकारी दिए ।

नेताहरुले सुरुदेखि नै सहमतिको मन्त्र जपेको भए पनि आआफ्नै पक्षका नेता गुटलाई च्याप्दा मतदान हुने पक्का भएको हो ।

गण्डकीमा पूर्व माले तथा सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङले तेस्रो धारको अभ्यास गरेका छन् । उनीको कुन कित्तामा उभिन्छन् भन्ने कुराले पनि एमालेको राजनीतिमा अर्थ राख्ने नेताहरुले बताएका छन् ।

सुरुमा केन्द्रीय सदस्यहरु अध्यक्षको आकांक्षी बन्दै प्रतिनिधि बन्न लागे पनि अहिले नवराज र मायानाथको पक्षमा बाँडिएका छन् ।

मतदान प्रक्रिया आजैदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?