+
+

श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुग्यो अफगानिस्तान

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १३:२०

१७ असोज,  काठमाडौं । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा श्रीलंकालाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको छ ।

चीनको हान्झाउमा बुधबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो । उसका लागि नरु अली जदरानले सर्वाधिक ५१ रन बनाए । एक रन जोड्दा ओपनर सिदीकुल्लाह अटललाई गुमाएको अफगानिस्तानका लागि नुरले उत्कृष्ट पारी खेले ।

दोस्रो विकेटका लागि मोहमद शहजादसँग ५४ रनको साझेदारी गरेका उनले तेस्रो विकेटका लागि शहिदुल्लाहसँग ३७ रनको साझेदारी गरे । उनी पाँचौं विकेटका रुपमा व्यक्तिगत ५१ रनमा आउट हुँदा टिमको स्कोर ११२ रन रन थियो । थप चार रन जोड्दा अफगानिस्तान अलआउट भयो ।

जवाफमा मैदान उत्रिएको श्रीलंकाले १९.१ ओभरमा सबै विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा गुलाबदिन नायब र कैस अहदमले समान तीन/तीन विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?