+
+

मेसीले खेल्ने अनिश्चित, शिकागोले दर्शकलाई २५० डलर दिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १४:४०

१७ असोज, काठमाडौं । अमेरिकी लिग फुटबल एमएसएलमा इन्टर मियामीविरुद्धको खेल हेर्न आउने दर्शकलाई शिकागो फायरले आर्थिक प्रोत्साहन दिने भएको छ ।

शिकागो फायरले मियामीविरुद्धको खेल हेर्न स्टेडियम आउने हरेक समर्थकलाई २५० डलर प्रोत्साहन स्वरुप प्रदान गर्ने घोषणा गरेको हो ।

शिकागोले २०२४ को नयाँ सदस्यता लिनेलाई २५० डलर र एक खेल हेर्न आउनेलाई ५० डलर प्रदान गर्ने छ ।

नेपाली समय अनुसार मियामी र शिकागोबीचको खेल बिहीबार बिहान सवा ६ बजे सुरु हुने छ ।

मियामीका स्टार खेलाडी लियोनेल मेसी भने चोटका कारण यो खेल खेल्न सक्नेमा शंका छन् । सात पटकका बालोन डीओर विजेता मेसीले चोटकै कारण यसअघि मियामीका ३ खेल गुमाएका छन् ।

शिकागो फायरले ६१ हजारभन्दा बढी टिकट बेचिसकेको छ । जुन अहिलेसम्मकै उच्च हो । शिकागोको घरेलु मैदानमा सन् १९९८ मा एलए ग्यालेक्सीविरुद्धको खेलमा सबैभन्दा धेरै ३७ हजार १२२ दर्शक उपस्थिति थिए ।

फायरले भनेको छ, ‘हामीलाई थाहा छ , कतिजना पहिलो पटक शिकागाको खेल हेर्न आउँदै छन्, होला उनीहरुलाई हामी फायर परिवारमा स्वागत गर्न चाहन्छौं र उनीहरुलाई दीर्घकालीनरुपमा हामीसँग जोडिइरहने अवसर दिन हामी उत्साहित छौं ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?