+
+

मलेसियामाथि २ रनको कठिन जित निकाल्दै बंगलादेश एसियाडको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १७:५३

१७ असोज, काठमाडौं ।मलेसियामाथि २ रनको कठिन जित निकाल्दै बंगलादेश एसियाडको पुरुष क्रिकेटतर्फ सेमिफाइनलमा पुगेका छ ।

हान्झाउमा भएको खेलमा कप्तान सेफ हसनको नट आउट ५० रनको मद्दतमा बंगादेशले २० ओभरमा ५ विकेट गुमाउँदै ११६ रन बनाएको थियो ।

दुवै ओपनर खाता नै नखोलि पभेलियन फर्केपछि ब्याटिङमा आएका हसनले ५२ बलमा १ चौका र ३ छक्का हाने ।

३ रनमा ३ विकेट गुमाएको बंगलादेशलाई उकास्ने क्रममा उनले चौथो विकेटका लागि अफिफ हुसेनसँग ३८ तथा पाँचौ विकेटका लागि सहादत हुसेनसँग ४५ रनको साझोदारी गरेका थिए । पाँचौ विकेटका लागि उनले र जाकिर अलीले नट आउट ३० रनको साझेदारी गरे ।

११७ रनको सामान्य लक्ष्य पछ्याएको मलेसियाको सुरुवात राम्रो नभए पनि विरनदीप सिंहले टिमलाई जित नजिकै पुर्‍याएका थिए ।

५२ रन बनाएका विरनदीपले सातौं विकेटका लागि एनुल हफिजसँग ४० तथा पाँचौ विकेटका लागि भिजय उन्नीसँग ३४ रनको साझेदारी गरे ।

विरनदीप खेल सकिन २ बल बाँकी छँदा आउट भए । उनी आउट हुँदा मलेसियालाई जितका लागि ५ रनको आवश्यकता थियो ।

मलेसियालाई अन्तिम २ ओभरमा १० रन चाहिएको थियो । तर १९ औं ओभरमा रसिद हुसेनले ५ रन दिएर १ विकेट लिए भने अन्तिम ओभरमा अफिफ हुसेनले २ रन दिएर विरनदीपको विकेट लिए र टिमलाई २ रनको जित दिलाए ।

बंगलादेशले सेमिफाइनलमा शुक्रबार भारतसँग खेल्ने छ भने अर्को सेमिफाइनलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?