+
+

एसियाडमा महिला फुटबल एक्सपोजरमै सीमित

नमिता दाहाल नमिता दाहाल
२०८० असोज १७ गते १९:१५

१७ असोज, काठमाडौं । पहिलो पटक एसियाली खेलकुदमा सहभागी भएको नेपाली राष्ट्रिय महिला फुटबल टिमले राम्रो नतिजा ल्याउन सकेन ।

समूह चरणमा भियतनामसँग २–० ले र जापानसँग ८–० ले पराजित भएको नेपाल अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकियो ।

भियतनाम र बंगालादेश नेपालका लागि परिचित प्रतिद्वन्द्वी भए पनि जापान नेपालका लागि नयाँ र बलियो प्रतिद्वन्द्वी थियो । जापान पूर्व विश्व विजेतासमेत हो ।

यसअघि दक्षिण एसियाली क्षेत्रमै सिमित रहेको नेपालले पहिलो पटक दक्षिण एसिया बाहिर गएर प्रतिस्पर्धा गर्‍यो । यसअघि साफको उपाधि लक्ष्य हुन्थ्यो भने यसपटक विश्वकप खेल्ने टिमसँग नेपालले खेलेर आयो ।

नेपाली महिला टिमको लागि यो राम्रो एक्सपोजर हो । तर नेपाललाई यो प्रतियोगिता एक्सपोजरमा मात्रै सिमित भयो । दक्षिण एसियामा खुम्चिएको नेपाली महिला फुटबलको पहुँच केही माथि जाने अवसर भयो । प्रमुख प्रशिक्षक बालगोपाल महर्जन भन्छन्, ‘एक्सपोजर नपाएको महिला फुटबल टिमले चिनिने मौका पायो ।’

विश्वकप खेलेको जापानजस्तो टिमसँग खेल्नुअघि तयारी स्वरुप नेपाली महिला फुटबल टिमले मैत्रीपूर्ण खेलसमेत खेल्न पाएको थिएन । कप्तान रेनुका नगरकोटे भन्छिन्, ‘हाम्रो लागि एक्सपोजर त भयो, तर हाम्रो तयारी निकै नै अपुग रहेछ भन्ने थाहा भयो ।’

गोलरक्षक एन्जिला तुम्बापो सुब्बा अनुभव नभई नतिजा नआउने भएकाले खेल्ने वातावरण बनाइदिए नतिजा आफैं सुधारिने बताउँछिन् ।

नेपाली महिला फुटबल टिमले घरेलु फुटबल नखेलेको २ वर्ष भयो । अब महिलाको घरेलु प्रतियोगिता कहिले हुने हो केही अत्तोपत्तो छैन । ‘महिला लिग २ वर्षदेखि गरेको छैन । जति छन्, यी विभागका खेलाडी छन्, खेलाडी घाइते हुँदा प्रतिस्थापन गर्ने खेलाडी छैनन्’, प्रशिक्षक महर्जन भन्छन् ।

नियमितजसो मैत्रीपूर्ण खेल खेल्न पाएको, ३ महिनाकै भए पनि लिग र फ्रेन्चाइज लिन खेल्न पाएको अवस्थामा त पुरुष खेलाडी पलायन भइरहेका छन् भने भने महिला फुटबल खेलाडीको अवस्था त दयनीय नै छ । त्यसैले महिला फुटबललाई प्राथमिकतामा राख्न ढिलो भइसकेको प्रमुख प्रशिक्षक महर्जन बताउँछन् ।

‘एन्फाले महिला फुटबललाई प्राथमिकतामा राखेर नीति र दीर्घकालिन तालिका तथा कार्यवीधि बनाउनु पर्‍यो, सधैं प्रतियोगिता अघि २ महिना प्रशिक्षणमा राख्ने गरेका छौं । नतिजा आएन भन्न भएन । लगानी गर्न पर्छ ।’

सरुको कमी

यसपटक मिडफिल्डका दुई खेलाडी घाइते भएर पनि नेपालले सोचेजस्तो प्रदर्शन गर्न सकेन । सरु लिम्बुको कमी महसुस तीनै खेलमा भयो । उनी भियतनामसँगको पहिलो खेलको पहिलो हाफमा नै घाइते भएकी थिइन् ।

उनको चीनमै घुँडाको शल्यक्रिया गरियो ।

उनी नभएपछि मिडफिल्डमा बल होल्ड गर्ने र अघि बढाउने खेलाडीको खाँचो परेको कप्तान रेनुकाले बताइन् । उनले भनिन्, ‘हुन त म आफैं पनि मिडफिल्डर हो तर सरुको कमी हामीले महसुस गयौं ।’

एन्जिला पनि सरुको कमीले खेलमा नेपालको सन्तुलन नभएको बताइन् । उनले भनिन्, ‘पहिलो खेलमा नै सरु घाइते भइन् । मिडफिल्डमा उनको कमी निकै खड्कियो ।’

प्रशिक्षक बालगोपाल पनि सरुको कमीले गर्दा पनि मिडफिल्ड कमजोर भइ बंगलादेशसँग पहिलो हाफमा गोल खान पुगेको बताउँछन् । ‘सरु निकै नै महत्वपूर्ण खेलाडी हो । उनी नहुँदा र बंगलादेशसँगको खेलमा अनिता केसी पनि घाइते भएर बाहिरिँदा टिमले पहिलो हाफमा गल्ती गर्न पुग्यो र गोल खायौं ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?