+

अग्रता जोगाउन नसक्दा आर्सनल पराजित

२०८२ वैशाख  २१ गते १०:५५ २०८२ वैशाख २१ गते १०:५५
अग्रता जोगाउन नसक्दा आर्सनल पराजित

२१ बैशाख, काठमाडौं । प्रिमियर लिगको दोस्रो स्थानमा रहेको आर्सनल अग्रता जोगाउन नसक्दा बर्नमाउथसँग २-१ ले पराजित भएको छ ।

डेक्लान राइसले ३४औं मिनेटमा गोल गर्दै घरेलु टोली आर्सनललाई पहिले अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा बर्नमाउथले पुनरागमन गर्दै दुई गोल फर्कायो ।

डिन हुएसेनले ६७औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । एभानिलसनले ७५औं मिनेटमा बर्नमाउथका लागि विजयी गोल गरे ।

जितपछि बर्नमाउथ ३५ खेलबाट ५३ अंक जोड्दै आठौं स्थानमा उक्लेको छ । पराजित आर्सनलको समान खेलबाट ६७ अंक छ ।

आर्सनल प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय