२१ वैशाख, काठमाडौं । साउदी अरेबियन क्लब अल-अहली साउदीले एएफसी च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
गएराति जेद्दाहस्थित किङ अब्दुलल्लाह स्पोर्ट्स सिटी स्टेडियममा भएको फाइनल खेलमा जापानिज क्लब कावासाकीलाई २-० ले पराजित गर्दै अहलीले पहिलोपटक उपाधि जितेको हो ।
अल-अहलीको जितमा गालेनो र फ्रान्स केस्सीले १-१ गोल गरे । गालेनोले खेलको ३५औं मिनेटमा तथा केस्सीले ४२औं मिनेटमागोल गरे ।
इंग्लिस क्लब लिभरपुलबाट खेलिसकेका अहलीका ब्राजिलियन खेलाडी रोबर्टो फर्मिनो एएफसी च्यम्पियन्स लिगकै मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।
कावासाकीले सेमिफाइनलमा क्रिस्टियानो रोनाल्डोको अल-नासरलाई हराउँदै पहिलो पटक फाइनल पुगेको थियो। तर फाइनलमा भने अर्को साउदी क्लबलाई चुनौती दिन सकेन ।
प्रतिक्रिया 4