+
+

कीर्तिमानी दिपेन्द्र सहायक हवल्दारमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १७:०४

१६ असोज, काठमाडौं । टी–२० आई क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका अलराउन्डर दिपेन्द्र सिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् ।

उनी सन् २०१६ देखि नेपाल पुलिसमा आवद्ध थिए र प्रहरी जवानको पोष्टमा थिए । कीर्तिमान प्रशंसास्वरुप उनको बढुवा गरेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पीसीसी) बैठकले ऐरीलाई प्रहरी सहायक हवल्दारमा बढुवा गर्ने निर्णय गरेको हो ।

भनिएको छ, ‘१९औं एशियन गेम्समा विश्व कीर्तिमान रचि देश र संगठनको प्रतिष्ठा र गौरव अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको हुँदा नेपाल किक्रेट टिमका सदस्य प्रहरी जवान दिपेन्द्र सिंह ऐरीलाई विशेष बढुवा प्रदान गरी प्रहरी सहायक हवल्दार पदमा बढुवा गर्ने निर्णय गरिएको छ ।’

उनले मंगोलियासँगको खेलमा ९ बलमा अर्धशतक बनाउँदै विश्व रेकर्ड बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?