+
+

लोसपाले भन्यो : एमालेको सहयोगमा संविधान संशोधन प्रस्ताव ल्याऊ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १७:१४

१८ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसमेतको सहयोगमा संविधान संशोधन प्रस्ताव ल्याउन सरकारलाई आग्रह गरेको छ ।

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति निकालेर संविधान संशोधनका लाग आफूहरु निरन्तर संघर्षरत रहेको बताएका छन् ।

‘संविधानमा रहेको विभेदपूर्ण एवम् त्रुटीपूर्ण धाराहरुलाई अविलम्ब संशोधन गर्नका लागि नेपाल सरकार र सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्ष नेकपा एमाले समेतको सहयोगमा संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत गर्नु पर्ने टड्कारो आवश्यकता रहेको लोसपा नेपालको ठम्याइ छ,’ बैठकमा निर्णय जानकारी दिँदै ठाकुरले विज्ञप्तिमा लेखेका छन् ।

पछिल्लो दिनमा केही ठाउँमा धार्मिक अतिवादीहरुद्वारा समाजिक सदभाव विथोल्ने प्रयास भइरहेको भन्दै लोसपाले सचेत हुन र सदभाव कामय राख्न सम्बद्ध सबैलाई अपील पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?