+
+

नेपाल वायुसेवा निगम र निजी क्षेत्रका संस्थाबीच साझेदारीका लागि हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १७:३१

१८ असोज, काठमाडौं । नेपाल वायुसेवा निगम र निजी क्षेत्रका संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर भएको छ ।

बिहीबार काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा निगम र नेपाल चेम्बर अफ कर्मस, राष्ट्रिय व्यवसायी पहल, नेपाल युवा उद्यमी मञ्च र नेपाल उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशसँग साझेदारीका लागि हस्ताक्षर भएको हो ।

साझेदारी पत्रमा नेपाल वायुसेवा निगमको तर्फबाट निगमका अध्यक्ष युवराज अधिकारी र निजी क्षेत्रका संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् ।

साझेदारी पत्रमा हस्ताक्षरपश्चात कार्यक्रममा बोल्दै निगमका अध्यक्ष अधिकारीले राष्ट्रिय स्वाधिनता, स्वाभिमान र राष्ट्रिय अस्थित्वको लागि नेपाल वायुसेवा निगमको संरक्षण र सम्वर्द्धन गर्न आवश्यक रहेको बताए ।

उनले देशमा धेरै पढेर डा.लेख्नेहरुले डेबिट र क्रेडिटको मात्रै हिसाब गर्ने तर राष्ट्रिय स्वाधिनता, स्वाभिमान मूल्य डेविट र क्रेडिट मात्रै नहुने बताए ।

उनले नेपाल वायु सेवा निगमको समृद्धिले मुलुकको पर्यटन क्षेत्रमा ठूलो सहयोग पुर्‍याउने समेत बताए । उनले नेपालको पर्यटन क्षेत्रको अभिवृद्धिको लागि निगमले केही नगरेको भन्दै जिम्मेवारी व्यक्तिहरुले भन्ने गरेको गुनासो गरे । उनले सरकारमा बसेका जिम्मेवार व्यक्तिले निगमलाई के दिए भन्ने हेर्नुपर्ने बेला आएको बताए । निगममा रहेका ६५ वर्ष देखिका विकृति एकै दिनमा सुधार नहुने भन्दै उनले आफू निगममा अध्यक्ष भएर आएपछि भष्टाचार नगरेको दाबी गरे ।

कार्यक्रममा उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशका अध्यक्ष अनमोल प्रधानले नेपाल वायुसेवालाई युवाहरुको माझ बलियो बनाउने जिम्मेवारी आएको भन्दै पूरा गर्न तयार रहेको बताए । उनले नेपाल वायुसेवा निगमलाई सरकारको साथ र सहयोग नहुनु दुःखद् भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?