+
+

फिल्म ‘फर्की फर्की’बाट डेब्यु गर्दै समृद्धि र रवि

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १६:३०

काठमाडौं । अभिनेता अनमोल केसीको शीर्ष भूमिका रहने फिल्म ‘फर्की फर्की’को छायांकन सुरु हुने तयारीमा छ । निर्माता रोहित अधिकारीले सुयोग गुरुङले निर्देशन गर्ने फिल्मको कामलाई अघि बढाएका छन् ।

दशैंलगत्तै छायांकन सुरु हुने जनाइएको फिल्मको प्रमुख भूमिकामा अनमोल र जसिता गुरुङ देखिने खबर सार्वजनिक भइसकेको छ । अनमोल र जसिताले अनस्क्रिन कपलको भूमिकामा अभिनय गर्ने भनिए पनि यसबारे विस्तृत खुलाइएको छैन ।

अब भने फिल्मको कास्टिङलाई नयाँ खबर छ । थप दुईजना कलाकार अडिसनबाट छनोट भएको निर्माताले जनाएका छन् । फिल्मको सहायक अभिनेता-अभिनेत्रीको भूमिकामा समृद्धि अर्याल र रवि काफ्लेले काम गर्ने जनाइएको छ ।

समृद्धिले मुम्बईमा रहेर मोडलिङ गर्दै आएकी छन् । निर्माता अधिकारीले दुवै कलाकारको अभिनय उत्कृष्ट लागेपछि अडिसनबाट छनोट गरिएको बताए । दुई नयाँ कलाकार भित्रिएपछि फिल्मले दुई जोडीको कथालाई प्रस्तुत गर्ने अनुमान लगाउन सकिन्छ ।

नरेन्द्र मैनालीको छायांकन रहने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बू र अनमोल गुरुङको संगीत रहनेछ । फिल्मले सपना र विपनाबीचको अन्योलताको कथा पेश गर्छ । अनमोल र जसिताले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?