२० असोज, दाङ । सल्यानमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिबार दिउँसो कपुरकोट गाउँपालिका ३ स्थित मुलपानी नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका ६ की ४० वर्षीया अनिता बोहरा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानलका डीएसपी नविन कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको छन् र घाइतेहरुलाई थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4