+
+

यस्तो छ बलिउडको पहिलो ‘एरियल एक्सन’ फिल्म भनिएको कंगना रनौत स्टारर ‘तेजस’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १८:०१

काठमाडौं । कंगना रनौत स्टारर बलिउड फिल्म ‘तेजस’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । जसमा यी अभिनेत्री खतरनाक अवतारमा प्रस्तुत भएकी छन् । सोमबार भारतीय वायुसेना दिवसको अवसर पारेर ट्रेलर सार्वजनिक गरिएको हो । फ्यानले कंगनाको यो फिल्मलाई अधैर्यपूर्वक पर्खिरहेका थिए ।

ट्रेलरमा कंगनाले भरमार एक्सन दृश्य पस्किएको देख्न सकिन्छ । फिल्ममा कंगनाले प्रखर, जोशिलो र शक्तिशाली वायुसेनाको भूमिका निर्वाह गरेकी छन् । ट्रेलरमा उच्च भरमार एक्सन दृश्य र हृदयस्पर्शी संवाद समावेश छन् ।

फिल्मलाई सर्वेश मेवाडाले निर्देशन गरेका हुन् भने निर्माता रोनी स्क्रुवाला हुन् । ‘तेजस’लाई भारतको पहिलो एरियल एक्सन फिल्मको रूपमा वर्णन गरिएको छ ।

ट्रेलरमा एक भारतीय जासूसलाई पाकिस्तानले पक्राउ गरेको देखाइएको छ । त्यसपछि कंगना मिसनमा जान अगाडि आउँछिन्, जसअन्तर्गत भारतीय जासूसलाई मुक्त गर्ने अपरेसनको तयारी गरिन्छ । तर यस मिसनमा कंगना अर्थात् तेजस गिलले एकपछि अर्को धेरै बाधाको सामना गर्नुपरेको छ ।

‘तेजस’ अक्टोबर २७ मा रिलिज हुँदैछ । यसअघि यो फिल्म डिसेम्बर २०२० मा रिलिज हुने तय भएको थियो । यस फिल्ममा महिला पाइलट तेजस गिलको तयारीका लागि कंगनाले चार महिनासम्म तालिम लिएकी थिइन् । उनले भारतीय सेनामा प्रयोग हुने सबै लडाईं प्रविधि सिकेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?