+
+

कंगना रनौतले बीजेपीबाट लोकसभा चुनाव लड्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १६:४४

काठमाडौं । फिल्ममा आफ्नो बोल्ड स्टाइल र दमदार अभिनयले हलचल मच्चाएकी बलिउड अभिनेत्री कंगना रनौत अब राजनीतिमा प्रवेश गर्ने तयारीमा छिन् । उनले लोकसभाको चुनाव लड्न लागेको चर्चा लामो समयदेखि चलिरहेको थियो ।

कंगनाका पिता अमरदीप रनौतले छोरीले चुनाव लड्न लागेको चर्चालाई पुष्टि गरेका छन् । यसको अर्थ ग्ल्यामर संसारकी रानीले अब राजनीतिमा पनि भूमिका निर्वाह गर्दैछिन् ।

आजतकको समाचारअनुसार पिता अमरदीपले कंगनाले भारतीय जनता पार्टी (बीजेपी)को टिकटबाट चुनाव लड्न लागेका बताएका छन् । तर उनको चुनाव क्षेत्रबारे पार्टीले निर्णय गर्ने उनले बताए ।

केही दिनअघि गुजरातको द्वारकामा मिडियासँग कुरा गर्दै कंगनाले भगवानले आशीर्वाद दिएमा आफू अवश्य चुनाव लड्ने बताएकी थिइन् । उनको यो अन्तर्वार्तालगत्तै उनी राजनीतिमा आउन लागेको चर्चा गर्माएको थियो ।

हालै कंगना बिलासपुरमा रहेको राष्ट्रिय स्वयंसेवक संघको कार्यक्रममा पनि सहभागी भइन् । त्यसपछि उनी मनालीस्थित आफ्नो घर गएकी थिइन् । कंगनाले दुई दिनअघि कुल्लुमा बीजेपी राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई पनि भेटेकी थिइन् । यो भेटपछि कंगनाले चुनाव लड्नेबारे चर्चा बढ्यो ।

कंगनाले गुजरात, उत्तरप्रदेश, महाराष्ट्र, चण्डीगढ वा हिमाचल प्रदेशमध्ये एक राज्यको चुनावी क्षेत्रबाट चुनाव लड्ने सम्भावना रहेको चर्चा छ । कंगना हिमाञ्चल प्रदेशको भाम्बला गाउँकी बासिन्दा हुन् र उनले मनालीमा घर पनि बनाएकी छिन् । उनको परिवार पनि मनालीमा बस्छ । कंगना र उनको परिवार बीजेपीको समर्थक रहँदै आएको छ ।

कामको कुरा गर्दा कंगना पछिल्लो पटक फिल्म ‘तेजस’ मा देखिएकी थिइन् । तर यसले दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सकेन । उनी चाँडै ‘इमर्जेन्सी’मा देखिने भएकी छिन् । यो फिल्मलाई उनी आफैंले निर्देशन गरेकी हुन् । यो फिल्ममा उनी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?