+
+
Shares

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १२:२८

२० असोज, काठमाडौं । प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ २६ देखि २८ असोजमा हुने भएको छ ।

समिति सचिवालयले २६, २७ र २८ असोजमा सुनुवाइ गर्ने मिति आज बसेको संसदीय सुनुवाइ समितिमा प्रस्ताव राखेका थियो । जसलाई समितिले स्वीकार गरेको हो ।

प्रस्तावित १३ वटा राजदूतहरू विरुद्ध ७ वटा उजुरी परेको छ । २ वटा सबै विरुद्ध परेको छ भने ५ वटा एक-एक जना व्यक्ति तोकेर उजुरी परेको छ ।

राजदूतहरू विरुद्ध प्राप्त उजुरी आज सुनुवाइ समिति सदस्यहरूलाई वितरण गरिएको छ । साथै, प्रस्तावित राजदूतका कार्ययोजना पनि समितिका सदस्यहरूलाई वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?