News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेकी सांसद पद्मा अर्यालले ग्रामीण क्षेत्रमा निष्पक्ष निर्वाचनका लागि मतदान केन्द्रमा सीसीटीभी राख्न प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई सुझाव दिएकी छिन्।
- अर्यालले निर्वाचनका समयमा हुने मनि, मसल र मिडियाको प्रभावलाई अन्त्य वा व्यवस्थापन गर्न आयोगले ठोस कदम चाल्नुपर्ने प्रश्न उठाएकी छिन्।
- सुनुवाइ समितिको बैठकमा उनले निर्वाचन आचारसंहिता नाममात्रको नभई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी छिन्।
१३ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले शहरी क्षेत्रमा निष्पक्ष निर्वाचन भए पनि ग्रामीण क्षेत्रमा समस्या रहेको बताएकी छ्न् ।
‘ग्रामीण क्षेत्रमा सबैतिर साच्चै निर्वाचन निस्पक्ष हुन सकेको छैन,’ सुनुवाइ समितिमा उनले भनिन, ‘यसमा सुधार गर्न लाइभ सीसीटीभी राखियो भने हुन्छ कि ! नत्र पीडितको कुरा सुनिदैन ।’
सुनुवाइ समितिमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइ जारी छ । कार्कीको सुनुवाइको क्रममा एमाले संसदीय दलका उपनेता समेत रहेकी अर्यालले मतदान केन्द्रमा सीसी क्यामेरा राख्ने सुझाव राखेकी हुन् ।
सुरक्षा व्यवस्थापन पनि चुस्त हुनुपर्ने उनको आग्रह छ ।
साथै निर्वाचनको समयमा हुने गलत कार्यको नियन्त्रण कसरी हुन्छ भन्ने उनको प्रश्न छ ।
‘मनि, मसल र मिडियाको प्रतिकूल बनेकालाई गाह्रो छ । यसको अन्त्य वा व्यवस्थापन कसरी हुन्छ ?,’ अर्यालको प्रश्न छ ।
निर्वाचन आचारसंहिता पनि नाम मात्रैको हुने गरेको भन्दै कार्यान्वयनमा आयोगको भूमिका प्रभावकारी हुनुपर्ने उनले बताइन् ।
प्रतिक्रिया 4