+
+
Shares

एमालेसँगको सहमतिप्रति असन्तुष्ट माधव नेपाल भेट्न निवासमै पुगे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेसँग भएको तीन बुँदे सहमतिप्रति असन्तुष्ट माधव नेपालसँग पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।
  • कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति असहमति जनाउँदै माधव नेपालले आइतबार आफ्ना निकट नेताहरूसँग छलफल गरेका छन् ।
  • छलफलका क्रममा संयोजक प्रचण्डले एमालेसँग सहमति गर्दा कमजोरी हुन पुगेको स्वीकार गरेको स्रोतले बताएको छ ।

११ साउन, काठमाडौं । एमालेसँग भएको तीन बुँदे सहमतिप्रति असन्तुष्ट माधव नेपालसँग पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड माधवलाई भेट्न उनकै निवास पुगेका थिए ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले गरेको तीन बुँदे सहमतिप्रति माधव नेपालले असन्तुष्टी जनाएका छन् ।

विशेषगरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति नेपालको असहमति छ । यसबारे आफू निकट नेताहरुसँग आइतबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा माधव नेपालले छलफल गरेका थिए ।

‘हिजै प्रचण्ड कमरेडले भेट्न खोज्नुभएको हो । तर आज बिहान कोटेश्वरमै पुगेर उहाँहरूबीच कुराकानी भएको छ,’ नेपाल निकट स्रोतले भन्यो । छलफलका क्रममा प्रचण्डले सहमतिका क्रममा कमजोरी हुन पुगेको स्वीकारेको ती स्रोत बताउँछन् ।

सहमति बमोजिम कोशी, बागमती र लुम्बिनी सरकारको नेतृत्व एमालेले लिने अनि कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व नेकपाले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?