+
+
Shares

कोशीमा नयाँ सरकारको बहस : के भन्छन् तिलकुमार र हिक्मत ?

मुख्यमन्त्री कार्की अध्यक्ष ओलीलाई भेटेर शनिबार बेलुका विराटनगर फर्के । नेकपासँग सहमति भएपछि भने ओलीले तिलकुमारलाई काठमाडौं बोलाएर छलफल गरेका छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८३ साउन १० गते १२:०७

१० साउन, विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाबीच प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति भएपछि कोशी प्रदेश सरकारको नेतृत्वको बहस सूरु भएको छ । सहमति अनुसार कोशीको सरकार एमालेले नै लिनेछ । तर, पात्र को भन्ने विवाद छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई अघि सारेका छन् ।

मेन्याङ्बोलाई गुण्डुस्थित निवासमा बोलाएर ओलीले तयारी थाल्न भनेका छन् । नेकपा एमाले र नेकपाबीचको सहमतिपछि शनिबार नै उनले मेन्याङ्बोलाई बोलाएका थिए ।

मेन्याङ्बाले पनि अध्यक्ष ओलीसँग छलफल गरेको बताए । ‘अध्यक्षज्यूसँग छलफल भएको छ, उनले भने, ‘मैले सकारात्मक प्रतिक्रिया पाएको छु, १–२ दिन भित्रै टुङ्गो लाग्छ।’

मेन्याङ्बोलाई ओलीले मुख्यमन्त्री बनाउने संकेत गरेपछि उनका समर्थकले बधाई दिइरहेका छन् । मेन्याङ्बोले ‘अग्रिम बधाई हो नि !’ भन्दै धन्यवाद ज्ञापन गरिरहेका छन् ।

यता वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की भने दुई दलको सहमतिपछि प्रदेशको नेतृत्व नेकपा एमालेले नै गर्ने भएकाले आफ्नै नेतृत्व रहेको बताउँछन् । ‘नेकपा र हामी मिलेर जाने कुरा भयो, कोशीको नेतृत्वमा म छदैछु, ढुक्कै भइहाल्यो’, उनले भने, ‘केही परिवर्तन गर्नुपर्ने विषय आयो भने पार्टी बैठक बस्नु पर्‍यो ।’

पार्टीको बैठक बसेपछि सबै विषय टुङ्गो लाग्ने उनले बताए । ‘मन्त्री चेन्ज गर्ने हुँदा पार्टीको बैठक बस्नु पर्‍यो, माथि (मुख्यमन्त्री) चेन्ज गर्ने हुँदा पनि बस्नु नै पर्‍यो, बसेको छैन’, उनले भने, ‘विधि प्रक्रियाले चल्ने हो, पार्टीको सचिवालयले बसेर निर्णय गरेपछि प्रक्रियाबाट अघि बढ्छौं, भोलि पर्सी भित्र टुङ्गो लाग्छ ।’

केही दिन काठडौंमा रहेका कार्की शनिबार बेलुका विराटनगर आएका थिए । काठमाडौं रहँदा उनले अध्यक्ष ओलीलाई पनि भेटेका थिए । भेटका विषयमा केही कुरा बाहिर आएको छैन ।

कार्कीले भने सामान्य विषयमा छलफल भएको बताएका छन् । ‘अध्यक्षज्यूसँग भेट भयो, उनले नेकपासँग मिलेर जाने भइयो भन्नुभएको छ’, उनले भने, ‘बाँकी विषयमा सल्लाह गरौंला भन्नुभएको थियो ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?