+
+
Shares

कोशीमा स्थानीय उत्पादनको पोसाक अनिवार्य, कर्मचारीलाई ५ हजार ५ सय थप भत्ता

कोशी सरकारले प्रदेशभित्रको उत्पादनलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले कर्मचारीहरूका लागि स्थानीय उत्पादनबाट निर्मित पोसाक अनिवार्य गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेश सरकारले कर्मचारीहरूका लागि हप्ताको दुई दिन स्थानीय उत्पादनका पोसाक लगाउन अनिवार्य गरेको छ ।
  • सरकारले स्थानीय ढाका, खाँडी र अल्लोका कपडा प्रवर्द्धन गर्न कर्मचारीको पोसाक भत्तामा पाँच हजार पाँच सय रूपैयाँ थप गरेको छ ।
  • मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो अभियानले स्थानीय उद्योग र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

३० असार, विराटनगर । कोशी सरकारले प्रदेशभित्रको उत्पादनलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले कर्मचारीहरूका लागि स्थानीय उत्पादनबाट निर्मित पोसाक अनिवार्य गरेको छ ।

सरकारले कर्मचारीहरूलाई प्रदेशमै उत्पादित ढाका, खाँडी र अल्लोका कपडाबाट बनेका कार्यालय पोसाक लगाउन अनिवार्य गरेकाे हाे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कर्मचारीहरूले साताको दुई दिन बुधबार र शुक्रबार अनिवार्य रूपमा स्थानीय उत्पादनको पोसाक लगाउनुपर्नेछ ।

सोही निर्णयअनुसार सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले आजैदेखि स्थानीय उत्पादनबाट बनेको पोसाक लगाउन सुरु गरिसकेका छन् । स्थानीय उत्पादनको प्रयोगलाई प्रभावकारी बनाउन सरकारले कर्मचारीहरूलाई प्रदान गरिँदै आएको वार्षिक पोसाक भत्तामा प्रतिव्यक्ति ५ हजार ५ सय रूपैयाँ थप गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो अभियानलाई प्रदेशभर विस्तार गर्ने योजना अघि सारेका छन् । आगामी आर्थिक वर्ष २०८३/०८४ देखि कोशी प्रदेशका स्थानीय तहहरूले पनि यो अभियानमा सहभागी हुन चाहेमा प्रदेश सरकारले लागत साझेदारी गर्ने नीति लिएको उनले जानकारी दिए ।

यो अभियानले कोशी प्रदेशको पहिचान बोकेका ढाका, खाँडी र अल्लो जस्ता स्थानीय वस्तुको उत्पादन, बजारीकरण र खपतलाई प्रोत्साहन गर्नेछ । याे अभियानले स्थानीय उद्योग र उद्यमीहरूले प्रत्यक्ष लाभ पाउने उनले बताए । प्रदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने मुख्यमन्त्री कार्कीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?