+
+
Shares

कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १४:१९

२२ असार, काठमाडौं । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी कोशी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. सुवेदीलाई कोशीको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको हो । ११ औं तहका डा. सुवेदी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत थिए ।

त्यसअघि डा. कीर्तिपाल लामो समय भेरी अस्पतालमा काम गरे ।

यसअघिको कोशीका स्वास्थ्य सचिव रहेका डा. यदुचन्द्र घिमिरे भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा भएका छन् ।

यस्तै, आयुर्वेद समूहका रामआधार यादवलाई पनि स्वास्थ्य तथा खाद्य मन्त्रालयमा तानिएको छ । यसअघि उनी मधेश प्रदेशमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?