+
+
Shares

कोशी प्रदेश : २ अर्ब ८ करोडका आयोजना स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १८:४१

११ असार, विराटनगर । कोशी प्रदेश लगानी प्राधिकरणले प्रदेशको चारवटा आयोजनाको लगानी स्वीकृत गरेको छ । केहीदिनअघि बसेको प्राधिकरणको ३३औं बैठकले सार्वजनिक निजी साझेदारी मोडलमा २ अर्ब ८ करोड ५३ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत हो ।

एक वर्षअघि भएको कोशी प्रदेश लगानी सम्मेलनमा प्रस्तुत गरिएका प्रस्तावहरूमध्ये सम्भाव्यताका आधारमा चार आयोजनालाई अन्तिम रूप दिइएको बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले जानकारी दिए ।

उनका अनुसार सुनसरीको दुहवी–४ मा ५५ करोड ९५ लाख रुपैयाँको लागतमा आधुनिक फोहोरमैला व्यवस्थापन परियोजना निर्माण हुनेछ । यसको जिम्मेवारी रिभाइभ इन्फ्राटेक एन्ड इन्भेस्टमेन्टले पाएको छ । दुहवी– ४ र १० मा ३४ करोडको लगानीमा मल्टी चेम्बर एण्ड कोल्ड स्टोरेज निर्माणको योजना स्वीकृत भएको छ । दीर्घायु एग्रो एन्ड इन्भेस्टमेन्टले निर्माणछ ।

उदयपुरको बेलका–९ मा रामपुर बहुउद्देशीय कृषि फार्मले २० करोडको लगानीमा फोहोरमैला व्यवस्थापनसहितको मल कारखाना र पशुपालन परियोजना सञ्चालन गर्ने योजना स्वीकृत भएको छ । सुनसरीको रामधुनी–७ मा रहेको रास ताल क्षेत्रको पर्यटकीय विकास र सञ्चालनका लागि अर्बान एक्सप्लोरर प्रालिको ९८ करोड ५८ लाख रुपैयाँ लगानीको अनुमति दिइएको छ ।

प्राधिकरणले विराटनगरको रानीदेखि बसपार्कसम्मको क्षेत्रमा पोड–वे निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । करिब ६ अर्ब लागत अनुमान गरिएको यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न काठमाडौँ पोडवे कम्पनीलाई अनुमति दिएको छ । कोशी प्रदेशमा ६ वर्षअघि लगानी प्राधिकरण स्थापना भएको थियो । प्राधिकरणको पहलमा निर्माण भएको भेडेटार स्काइ वाक सञ्चालनमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?