+
+
Shares

शवदाह गृह सार्वजनिक-निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गरिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको देवघाटमा निर्माण गरिएको विद्युतीय शवदाहगृह सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गरिने भएको छ ।
  • सघन सहरी तथा भवन निर्माण आयोजनाले ११ करोड २१ लाख आठ हजार ६४१ रुपैयाँ लागतमा तयार गरेको संरचना भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
  • सात वर्षपछि निर्माण सम्पन्न भएको उक्त गृहमा दुईवटा मेसिन जडान गरिएका छन् जसले बेवारिसे शवको अन्त्यष्टि व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

१३ साउन, चितवन । देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गरिने भएको छ ।

शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको उक्त शवदाहगृह भरतपुर महानगरपालिकालाई आज हस्तान्तरण गरिएको छ ।

सार्वजनिक निजी साझेदारी ढाँचामा शवदाह सञ्चालन गर्नका लागि महानगरपालिकाले कार्यविधि तयार गरिसकेको छ । निर्माण थालिएको सात वर्षपछि विद्युतीय शवदाह गृहको काम सकिएको हो । गृहमा दुईवटा शवदाह गर्ने मेसिन जडान गरिएको छ । सहरी विकास कार्यालयको रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो ।

देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित देशका विभिन्न जिल्लाबाट शवदाहका लागि ल्याउने गरिन्छ । दाउराको अभावका कारण व्यवस्थापनमा चुनौती हुँदै आएको छ । शवदाह निर्माणपछि बेवारिसे शवको अन्त्यष्टिका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?