News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजार परिसूचक नेप्से ७ दशमलव ७९ अंकले घटेर २ हजार ६ सय ८८ अंकमा सीमित भएको छ।
- लगातार तेस्रो दिन घटेको बजारमा आज ४ अर्ब २ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ।
- कुल २ सय ७५ कम्पनीमध्ये ७८ को मूल्य बढ्दा १ सय ८६ को मूल्य घटेको छ भने ११ कम्पनी स्थिर रहेका छन्।
१३ साउन, काठमाडौं । अघिल्लो दिन ४.६४ अंक घटेको सेयर बजार बुधबार ७.७९ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २६८८ अंकमा झरेको छ । आजसहित लगातार तेस्रो दिन बजार घटेको हो ।
कारोबारका क्रममा दिउँसो १२ ः ४० बजे नेप्से दिनभरको अधिकतम अंक २७०६ अंकसम्म पुगेको थियो । तर त्यसपछिको ओरालो गति अन्तिम समयसम्म कायम रह्यो ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४२ करोडको कारोबार भएकोमा आज ४ अर्ब २ करोडको भयो ।
आज ७८ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ११ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । अन्य समूह ०.४३ प्रतिशत बढ्यो भने अरु घटेका छन् । बैंकिङ ०.२७, विकास बैंक ०.४२, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.५२, जलविद्युत् ०.३९, लगानी ०.२४, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.५५, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.५७ तथा व्यापार ०.०१ प्रतिशत घटे ।
सूचीकृत भएपछि एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्ने क्रम आज पनि जारी रह्यो । त्यस्तै स्नो रिभर्सको ४.९०, खानीखोला हाइड्रोपावरको ३.६२, हिमालयन पावर पार्टनरको ३.३५, मेन्छियाम हाइड्रोपावरको २.२४ प्रतिशत मूल्य बढ्यो ।
मातृभूमि लघुवित्तको मूल्य ४.५४, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.४२ तथा शुभम् पावरको ४.२६ प्रतिशत मूल्य घट्यो ।
आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनङि मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स तथा रिडी पावर छन् ।
प्रतिक्रिया 4