+
+
Shares

एक महिनामा सेयर मूल्य धेरै घटेका यी १० कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १८:२३

११ साउन, काठमाडौं । विगत एक महिनामा समग्र सेयर बजार ५२ अंक बढेको छ । नेप्से परिसूचक असार १२ गते २६४९ अंकमा रहेकोमा साउन ११ गते आइपुग्दा २७०१ अंकमा छ ।

एक महिनाको अवधिमा सेयर बजार बढे पनि केही कम्पनीको मूल्य उच्च दरमा घटेको छ । एक महिनाको अवधिमा मूल्य सबैभन्दा धेरै घटेको कम्पनी हो- कुथेली बुखरी स्मल हाइड्रोपावर ।

जलविद्युत् कम्पनीमा सबैभन्दा न्यून पूँजी रहेको यस कम्पनीको मूल्य एक महिनामा २४.६९ प्रतिशत घटेको छ । कम्पनीको मूल्य उच्च दरले घट्नुको पछाडि लकइनमा रहेको केही सेयर फुकुवा हुनु हो ।  जसले गर्दा मूल्यमा चाप पर्न गयो ।

बजारमा यस कम्पनीको कुल सेयर संख्या १४ लाख ७४ हजार छ । एक वर्षअघि प्रतिकित्ता मूल्य २ हजार नाघेको यो कम्पनी सोमबार १ हजार २२ मा झरेको छ ।

त्यस्तै एक महिनाको अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १८.३३, थ्रीस्टार हाइड्रोपावरको १७.८९ प्रतिशत घटेको छ ।

अपर लोहोरेखोलाको १७.२६, झापा इनर्जीको ११.५४, एसियन हाइड्रोपावरको १०.३७, भुजुङ हाइड्रोपावरको ९.५८, इस्टर्न हाइड्रोपावरको ९.३३, मनकामना इन्जिनियङि हाइड्रोपावरको ९.३० तथा विकास हाइड्रोपावरको ९.०७ प्रतिशत मूल्य घटेको छ ।

एक महिनामा मूल्य उच्च दरमा घटेका कम्पनी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?