+
+

कंगना रनौत र अरुण गोविललाई बीजेपीले बनायो लोकसभा चुनावमा उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १२:०४

काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टीले बलिउड अभिनेत्री कंगना रनौत र ‘रामायण’ सिरिजका अभिनेता अरुण गोविललाई आगामी लोकसभा चुनावको उम्मेदवार बनाएको छ ।

आइतबार बेलुका पार्टीले थप १११ उम्मेदवारको सूची सार्वजनिक गरेको हो । रामायणमा भगवान रामको भूमिका निर्वाह गरेका गोविलले उत्तर प्रदेशको मिरुत क्षेत्रबाट चुनाव लड्नेछन् ।

कंगनालाई आफ्नो गृहनगर हिमाञ्चल प्रदेशस्थित मन्डी निर्वाचन क्षेत्रबाट टिकट दिइएको छ । ३७ वर्षीया अभिनेत्री लामो समयदेखि बीजेपी समर्थक रहँदै आएकी छिन् । उनले बीजेपीलाई आफ्नो प्रिय पार्टीको रुपमा उल्लेख गर्दै आफ्ना लागि यो सम्मानको कुरा भएको बताएकी छन् ।

पार्टीले टिकट दिने घोषणा गरेलगत्तै एक्समा उनी लेख्छिन्, ‘म हाम्रो उच्च नेतृत्वको निर्देशन पालना गर्दै चुनाव लड्नेछु ।’ कंगना र अरुण दुवै कलाकारले जनवरीमा अयोध्यामा गरिएको राममन्दिरको प्राणप्रतिष्ठामा भाग लिएका थिए ।

अभिनेता गोविल हालै अभिनेत्री अनुराधा पौड्यालसहित बीजेपीमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?