+
+

बलिउड फिल्म ‘तेजस’को गीतमा अरिजितसँग नेपाली गिटारिस्ट रोशनको सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १२:२४

काठमाडौं । चर्चित नेपाली गिटारिस्ट रोशन शर्माले कंगना रनौत स्टारर फिल्म ‘तेजस’बाट बलिउड डेब्यु गरेका छन् । फिल्मको तीन गीतमा उनले अरिजित सिंह, श्रेया घोषाल र ओशो जैनसँग सहकार्य समेत गरेका छन् ।

अरिजितको स्वरमा रहेको ‘जान दा (सैयाँ भे), घोषालको ‘जान दा (रबकी दुआ), ओशोको ‘इश्क है राँझे दा’मा उनले गिटार प्रस्तुति दिएका छन् । शंकर महादेवनले गाएको एक गीत भने सार्वजनिक भएको उनले बताए ।

अर्का प्रसिद्ध बलिउड गायक जुबिन नौटियालको क्लासिक एल्बममा समेत सहकार्य हुने निश्चित भएको शर्माले जनाए । ‘उहाँहरुले मलाई इन्स्टाग्राममा मेरो भिडियो देखेर अप्रोच गर्नुभएको हो । त्यसपछि काम गर्न तयार भएँ,’ उनले भने ।

शर्माले इन्स्टाग्राममा गिटार बादनका भिडियो पोस्ट गर्दै आएका छन् । ‘अब नियमित रुपमा मुम्बई आउजाऊ गर्छु । बलिउडबाट अन्य पनि प्रस्ताव आएका छन्,’ ओशो सन्यासी समेत रहेका रोशनले भने ।

२०४८ सालदेखि गिटार बजाउन थालेका शर्मा ‘ऊर्जा’ नामक ब्याण्डसँग आबद्ध थिए । अहिले ब्याण्ड छिन्नभिन्न भएपनि उनी स्वतन्त्र रुपमा काम गर्दै आएका छन् । उनी विश्वभर गिटारको अनलाइन क्लास पनि लिन्छन् ।

उनी ग्रामी अवार्ड विजेता भारतीय वाद्यबादक विश्व मोहन भट्टका विद्यार्थी समेत हुन् । आफू गायक नौटियालको गीत रेकर्डका लागि चाँडै मुम्बई जान लागेको उनले बताए । शर्मा धरानमा बसोबास गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?