+
+

बीआरआईमा नेपालसँग कुनै राजनीतिक स्वार्थ र शर्त खोजिंदैन : चिनियाँ राजदूत छेन सङ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १९:०६

२१ असोज, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालसँग चीनले कुनै राजनीतिक स्वार्थ र शर्त नराख्ने बताएका छन् ।

आइतबार बीआरआई अवधारणा सुरु भएको दशौं वर्षगाँठको अवसरमा नेपाल–चीन फ्रेण्डसिप फोरमले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै राजदूत छनले नेपालको विकास निर्माणमा सहयोग पुर्‍याउने भन्दै यसमा राजनीतिक स्वार्थ नजोडिने बताएका हुन् ।

‘बीआरआई कार्यान्वयनको प्रक्रियामा सबै क्षेत्रमा चीन-नेपाल सहकार्यले बजारको नियम र अन्तर्राष्ट्रिय परम्परालाई पालना गर्नेछ’ उनले भने, ‘चीनले नेपालको इच्छालाई सम्मान गर्छ । त्यस सम्झौतामा चीनले नेपालसँग कुनै राजनीतिक शर्तहरू राख्ने छैन र कुनै पनि राजनीतिक स्वार्थ खोज्ने छैन ।’

एनले सन् २०१७ मा चीन र नेपालबीच बीआरआई सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएदेखि क्रमशः फलदायी नतिजाहरू हासिल भइरहेको बताए । बीआरआई सम्झौतापछि बन्दरगाह, सडक, रेलमार्ग, हवाई मार्ग र दूरसञ्चार जस्ता क्षेत्रहरूमा बहु–आयामिक कनेक्टिभिटी नेटवर्कको सञ्जाल स्थापना भएको भन्दै उनले सीमा हुने व्यापार महामारीपूर्वको अवस्थामा फर्किएको बताए ।

चीनतर्फको निर्यातलाई सहज बनाउन चिनियाँ पक्षले चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो, चाइना–साउथ एसिया एक्स्पो र सिजाङ टुरिज्म एण्ड कल्चर एक्सपो जस्ता प्रमुख प्लेटफर्महरूमा नेपाली पक्षलाई सहभागी गराइरहेको स्मरण गर्दै यही वर्ष नेपालमा विच्याट भुक्तानीको कार्यले चिनियाँ पर्यटक र सीमापार व्यापारलाई थप सहज बनाउनले दावी गरे ।

उनले पछिल्ला केही हप्ताहरूमा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण सफल भएको बताए । सन् २०१९ मा राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछिको यो उच्चस्तरीय भ्रमण भएको भन्दै उनले भ्रमणको मुख्य आकर्षण बीआरआई रहेको बताए ।

दुई देशबीच भएको महत्वपूर्ण सहमतिपछि चीन र नेपालले उच्च गुणस्तरको बीआरआई सहयोगलाई निरन्तर प्रवर्द्धन गर्ने बताए । साथै, बीआरआई फ्रेमवर्क अन्तर्गत, चीन र नेपालले संयुक्त रूपमा ‘हार्ड कनेक्टिभिटी’, ‘सफ्ट कनेक्टिभिटी’ र ‘नागरिकदेखि नागरिकको तहको कनेक्टिभिटी’ लाई अगाडि बढाउने बताए ।

उनले चीन नेपालसँग बन्दरगाह, सडक, रेलमार्ग, उड्डयन, दूरसञ्चार र विद्युतमा निरन्तर सुधारका लािग ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कको निर्माणलाई तीव्रता दिन र छिमेकी राष्ट्रहरूसँग सम्बन्धको स्तरवृद्धि गर्न नेपाललाई सहयोग गर्न तयार रहेको बताए ।

उनले चीन नेपालबाट गुणस्तरीय कृषि उत्पादन आयात गर्न र चिनियाँ उद्यमीहरूलाई प्रोत्साहन गर्न इच्छुक रहेको बताए ।

साथै, नेपालको विकासमा सहभागिता जनाउने र शिक्षा, चिकित्सा सेवा, पर्यटन लगायतका क्षेत्रमा जनता–जनताको आदानप्रदान र सहयोगलाई सुदृढ गर्न, कृषिको आधुनिकीकरण, ऊर्जा स्वायत्तता, औद्योगिक स्तरोन्नति र रूपान्तरणलाई अगाडि बढाउन सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा नेपाल–चीन फ्रेण्डसिप फोरमका अध्यक्ष डा. कल्याणराज शर्माले दुईपक्षीय हित र समृद्धिलाई अवसरका रूपमा बिआरआई परियोजना कार्यान्वयन गरी नेपालले लाभ लिनसक्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?