+
+

नेपालमा बीआरआई छिटो लागु गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २३ गते १५:२०

२३ मंसिर, भैरहवा । नेपाल–चीन मैत्री समाजले छिमेकी मित्र राष्ट्र चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना नेपालमा छिटो लागु गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल–चीन मैत्री समाज लुम्बिनीको २२ औं वार्षिक साधारणसभाले बीआरआई लागु हुंदा नेपालको सडक पुर्वाधारदेखि आर्थिक विकासमा ठूला योगदान पुग्ने भएकाले छिटो लागु गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहनुपर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ । साधारणसभाको उद्घाटन गर्दै लुम्बिनीस्थित चिनिया मन्दिरका गुरु छेङ सीले नेपाल र चीनबीच सदयौंदेखि ऐतिहासिक, धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै यसलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।

उनले चीनमा ठूलो संख्यामा बौद्धमार्गी रहेकाले उनीहरुलाई नेपाल भ्रमणका लागि सहज वातावरण नेपाल सरकारले बनाउन सके नेपालको आर्थिक विकासमा सहयोग पुग्ने सुझाव दिए ।

नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले केरुङ–काठमाडौं–लुम्बिनी रेल मार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्न सके लाखौं चिनिया पर्यटक लुम्बिनी आउन सक्ने र त्यसबाट लुम्बिनी क्षेत्रको मात्र नभई नेपालकै पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताए ।

अध्यक्ष सापकोटाले चीन नेपालको असल र सहयोगी छिमेकी मित्र राष्ट्र भएपनि नेपाल सरकारले चीनको विश्वास जितेर अपेक्षाकृत आर्थिक सहयोग र चिनिया लगानी भित्राउन चुकेको औंल्याए ।

साधारणसभामा समाजका प्रथम उपाध्यक्ष गोविन्दप्रसाद रेग्मी,उपाध्यक्ष डा. ऋषिराम शर्मा,महासचिव मनिषकुमार जोशी,कोषाध्यक्ष खिमबहादुर खत्री लगायतले चिनिया नेतृत्वको जनताप्रति उत्तरदायी र दूरदर्शी सोंच तथा चिनिया जनताको अनुशासन र मेहनतले चीन विश्वकै बलियो अर्थतन्त्र भएको मुलुकमा उभिन सफल भएकाले चीनबाट नेपालले धेरै कुरा सिक्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?