+
+

मिस इन्टरनेसनलमा सहभागी हुन जापान उडिन् प्रसिद्धि शाह

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते ११:३८

काठमाडौं । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाह बुधबार बिहान जापान प्रस्थान गरेकी छन् । नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ लागेकी शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिडन ट्रेजरका प्रतिनिधिले शुभकामनासहित बिदाइ गरे ।

टोकियोतर्फ उड्नुअघि विमानस्थलमा कुरा गर्दै शाहले जितको आत्मविश्वास लिएर आफू जान लागेको बताइन् । ‘उपाधिका लागि आफ्नो तर्फबाट उत्कृष्ट दिने प्रयास गर्नेछु,’ उनले भनिन्, ‘नेपालको सानलाई अन्तर्राष्ट्रिय मञ्चमा कायम राख्नेतर्फ मेरो पूर्ण प्रयत्न हुनेछ ।’

नेपाली क्यालेण्डरअनुसार कात्तिक ९ गते (अक्टोबर २६) टोकियोमा मिस इन्टरनेसनलको फिनाले हुँदैछ । फिनालेअघि उनले प्रतिस्पर्धाको तयारीका लागि विभिन्न सीप र कौशल सिक्ने भएकी छन् ।

प्रसिद्धिले आर्थिक विकास र बालबालिकालाई विद्यालय शिक्षामा जोड्ने एजेण्डा प्रस्तुत गर्दैछिन् भने नेपालको सांस्कृतिक सम्पदा झल्काउन पञ्चबुद्धको थांका समेत प्रस्तुत गर्दैछिन् । यसपटकको मिस इन्टरनेसनलमा ७४ देशका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

आगामी डिसेम्बरमा मिस वर्ल्ड र मिस अर्थ पेजेन्ट आयोजना हुँदैछन् । त्यसका लागि मिस नेपाल वर्ल्ड २०२२ की विजेता प्रियंकारानी जोशी र मिस अर्थ २०२३ की विजेता रेना मजगैंया सम्बन्धित प्रतियोगितामा सहभागी हुनेछन् ।

विमानस्थलमा प्रसिद्धि जानुअघि वर्तमान मिस नेपाल सृच्छा प्रधान लगायतले घरमै पुगेर प्रसिद्धिलाई शुभकामना दिएका थिए । प्रथम मिस नेपाल तथा प्रसिद्धिकी आमा रुबी राणाले आशीर्वाद दिई छोरीलाई बिदाइ गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?