+
+

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १४:३४

२४, असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा २५ वर्षको पोथी गैंडा मृत फेला परेको छ ।

निकुञ्जको पश्चिम क्षेत्रको खोरिया मुहान नजिकै गैंडा मृत अवस्थामा फेला परेको हो ।

गैंडालाई भालेले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ। गैंडाको पोस्टमार्टम गरेर गाडिएको छ । खाग र खुर भने सुरक्षित छन् ।

असोज २१ गते साँझ निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दलको संयुक्त गस्तीको क्रममा मरेको गैंडा फेला परेका थिए ।

चालु आर्थिक वर्षमै ५ गैंडा मरिसकेका छन् । जसमध्ये एउटा गैंडा चोरी शिकारीले मारेको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?