+
+

चार जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १४:५८

२३ असोज, काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

२३ असोजको निर्णयअनुसार दोलखा, सर्लाही, बाँके र इलामका प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरिएको मन्त्रालयले जनाएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको सर्लाहीमा सरुवा भएको छ । सर्लाहीमा प्रजिअ रहेका इन्द्रदेव यादवलाई भने इलामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई भने बाँके पठाइएको छ । बाँकेमा प्रमुख जिल्ला अधिकारी रहेका विपिन आचार्यलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

गृहमा रहेका टुवाराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?