+
+

स्थानीय तहका काम ठप्प भए, सरकारले कर्मचारीको माग सुनोस् : सूर्य थापा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १७:३७

२५ असोज, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरुको माग अविलम्ब पूरा गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण स्थानीय तह ठप्प भएको बताए ।

‘स्थानीय तहका कर्मचारीहरु असोज १४ गतेदेखि आन्दोलनमा छन् । स्थानीय तहका कामहरु ठप्प छन् । तिनको जायज मागहरु सम्बोधन गर्नेगरी सहमति र सम्झौता गर्न सरकारले किन वास्ता गरिरहेको छैन ? उल्टै दमनमा उत्रिएको छ । म स्थानीय तहका राष्ट्रसेवकहरुका जायज माग अविलम्ब सुन्न सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।

सांसद थापाले इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि सरकार समयमै गम्भीर हुन नसकेको टिप्पणी गरे ।

उनले इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडि बढ्न पनि सरकारको ध्यानाकर्षण गराए ।

‘हमास र लडाकुहरुबीच युद्ध लम्बिने सम्भावना रहेको हुँदा मध्यपूर्वको शान्ति स्थापनाको कार्यमा संयुक्त राष्ट्रसंघको दुई राष्ट्र स्थापनाको प्रस्ताव अनुरुप समाधान खोज्न तथा इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडि बढ्न म नेपाल सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गर्न चाहन्छु’, सांसद थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?