+
+

उषा रजकको टिप्पणी : राजेश हमाल ओभर-रेटेड एक्टर हुन्

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १७:०५

काठमाडौं । अभिनेत्री उषा रजक पछिल्लो समय चर्चामा छिन् । उनका फेसबुक स्टाटस र अभिव्यक्ति चर्चामा छन् । यस्ता कतिपय अभिव्यक्ति विवादले समेत घेरिएका छन् ।

केही साताअघि सामाजिक सञ्जालमार्फत उनले अभिनेता अनुप बरालविरुद्ध कटाक्ष गरेकी थिइन् । बरालले कास्टिङ काउच गरेको र फिल्म ‘कागबेनी’मा आफू तय भए पनि दीया मास्केलाई लिएको आरोप उनले लगाएकी थिइन् ।

अहिले ती आरोपबारेको उनको फेसबुक स्टाटस गायब छ । उक्त अभिव्यक्तिलाई लिएर आरोप-प्रत्यारोप चर्किन थालेपछि उषाले ती स्टाटस हटाइसकेकी छिन् । यो विवादमा कतिपयले उनीविरुद्ध ‘अटेन्सन सिकर’को आरोप समेत लगाए ।

यतिबेला रजकको अर्को अभिव्यक्ति भाइरल बनिरहेको छ । टिभी कार्यक्रम ‘आम्मा कसम याँ दुख्छ’मा गेस्ट बनेर पुगेकी रजकले अभिनेता राजेश हमालविरुद्ध कटाक्ष गरेकी छन् । उनले हमाललाई ‘ओभररेटेड एक्टर’ भएको बताएकी छिन् ।

भाइरल भएको भिडियो क्लिपमा उनले भनेकी छन्, ‘राजेश हमाल इज अ ओभररेटेड एक्टर । एक्टिङको हिसाबले उहाँमा त्यस्तो स्पेसल केही पनि छैन । डान्स त हामी सबैले देखेका छौं ।’

रजकको यस्तो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले उनको अभिव्यक्तिको समर्थन गरेका छन् भने कतिपयले विरोध । यसबारे पनि टिप्पणी हुन थालेपछि रजकले अर्को फेसबुक स्टाटस लेख्दै अभिव्यक्तिलाई लिएर प्रष्टीकरण दिने प्रयास गरेकी छिन् ।

उनी लेख्छिन्, ‘ मैले पाएको गाली र मेरा केही नोक्सानबाट एक जना, मात्र एक जनाको आवाज फुट्नेछ । काममा गएकी सानी केटीहरुलाई गुरु भनाउँदोले डिनर प्रस्ताव गर्नुअघि दुईचोटि सोच्नेछ । सार्वजनिक पूर्वाधार बनाउने बेला भ्रष्टाचार गर्नुअघि दुईपटक सोच्नेछ भने मात्र पनि । अझै गाली खान तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?