+
+

एक्सको सिको गर्दै थ्रेड्स, आउँदैछ ट्रेन्डिङ फिचर

एजेन्सी एजेन्सी
२०८० असोज २७ गते १३:२४

माइक्रो ब्लगिङ प्लाटर्फम एक्सको सिको गरिरहेको मेटा कम्पनीको सोसल मिडिया प्लाटर्फम थ्रेड्सले एउटा लोकप्रिय फिचर आफ्नो प्लाटर्फमममा थप गर्ने भएको छ ।

थ्रेड्सले निकट भविष्यमा एक्समा जस्तै ट्रेन्डिङ टपिक्स फिचर पेस गर्ने भएको छ । यसबाट प्रयोगकर्ताहरुले थ्रेड्समा सबैभन्दा धेरै चर्चा भैरहेको विषय के हो र मानिसहरुले के विषयमा कुराकानी गरिरहेका छन् ? भन्ने बारेमा थाहा पाउनेछन् ।

मेटाका एकजना कर्मचारीले भुलबस थ्रेड्सले ल्याउन थालेको सो नयाँ फिचरका बारेमा थ्रेड्समा स्क्रिनसट शेयर गरेका थिए । एप डेभलपर विलियम म्याक्सले पहिलोपटक उक्त स्क्रिनसट देखे र त्यसलाई सार्वजनिक गरे ।

मेटाको टेक्स्टमा आधारित सोसल मिडिया प्लाटर्फम थ्रेड्स गत जुलाईमा लञ्च भएको हो । यसको मुख्य उद्देश्य नै एक्सलाई टक्कर दिनु थियो ।

लञ्च भएको सुरुमा ५ दिनभित्रैमा थ्रेड्स एप लाखौंले डाउनलोड गरे । धेरै प्रयोगकर्ताहरु विभिन्न कारणले एक्ससँग असन्तुष्ट रहेको र एक्सका प्रयोगकर्ताहरु निरन्तर घटिरहेको समयमा मेटाले थ्रेड्स एप ल्याएर ठुलै तरंग सिर्जना गरेको थियो र यसले एक्सलाई पूर्णरुपमा प्रतिस्थापन गर्ने दाबी गरिएको थियो ।

यद्यपि इन्स्टाग्रामका सीईओ एडम मोसेरीले भने थ्रेड्सको लक्ष्य ट्वीटरलाई विस्थापित गर्नु नभएको र कम आक्रोशपूर्ण प्लाटर्फमको खोजी गरिरहेका प्रयोगकर्ताहरुका लागि विकल्प दिने बताएका थिए ।

लाइभमिन्टको रिपोर्ट अनुसार पछिल्लोपटक मेटाका एक कर्मचारीले भुलवस एउटा स्क्रिनसट पोस्ट गरेका थिए जसले थ्रेड्सको आगामी फिचरका बारेमा खुलासा भयो । यो फिचर ट्रेन्डिङ टपिक्स फिचर हो । यो फिचर सर्च बारको तल संख्यात्मक क्रमबद्धतामा विषयहरुलाई सूचीकरण गर्दछ । यसका अलावा यसले हरेक विषयको बारेमा पोस्टको संख्या पनि देखाउनेछ । अहिले एक्समा पनि प्रयोगकर्ताहरुले ती ट्रेन्डिङ विषयहरुको बारेमा थाहा पाउन सक्दछन् जसको बारेमा मानिसहरुले धेरै चर्चा गरिरहेका हुन्छन् ।

मेटाका सीईओ मार्क जुकरबर्गले एक पोस्टको माधयमबाट पहिले यो फिचरका बारेमा संकेत गरेका थिए । उनले लेखेका थिए,’थ्रेड्समा सर्च फिचर आइरहेको छ । अधिकांश अंग्रेजी तथा स्पेनिस भाषी देशहरुमा आजबाट सुरु हुँदैछ । छिटै नै अरु पनि चिजहरु आउनेवाला छन् ।’

यसअघि इन्स्टाग्राम थ्रेड्सले पोस्ट एडिट फिचर पनि ल्याउने घोषणा गरिसकेको छ । जस अनुसार प्रयोगकर्ताहरुले कुनैपनि पोस्ट गरेको ५ मिनेटभित्र त्यसलाई सच्चाउन सक्नेछन् । हाल यो फिचर निर्माणकै चरणमा रहेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?