+
+

केटीहरूले चुरोट तानेपछि रिसाएका काकाले क्याफेमा लगाइदिए आगो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते १३:३४

भारतको मध्ये प्रदेशस्थित इन्दोरमा एउटा अनौठो घटना भएको छ । त्यहाँ एकजना पाको उमेरका व्यक्तिले एउटा क्याफेमा आगो लगाइदिएका छन् ।

काकाले क्याफेमा आगजनी गर्नुको कारण चाहिं अनौठो छ । त्यहाँ ग्राहक बनेर आउने युवती तथा महिलाहरुले चुरोट पिएको देख्दा उनलाई फिटिक्कै मन परेन । एकदमै रिस उठेपछि उनले मन थाम्न सकेनन् र क्याफेमै आगो लगाइदिए ।

केटीहरुले चुरोट पिएको आफूलाई मन नपर्ने हुनाले क्याफेमा आगजनी गरेको ती व्यक्तिले पुलिससामु बयान दिएका छन् ।

समाचार अनुसार इन्दोरको स्काइ कर्पोरेट क्षेत्रको नजिकै रहेको उक्त क्याफेमा आएर केटीहरुले समेत चुरोट पिउने गर्दथे ।

कुनै केटीले चुरोट पिएको ती व्यक्तिलाई कत्तिपनि मन पर्दैनथ्यो, जसका कारण उनले आगो लगाइदिएर भागे । क्याफे सञ्चालकले सीसीटीभी फुटेज निकालेर हेर्दा ती व्यक्तिले आगजनी गरेको पत्ता लागेको हो ।

प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको बताइएको छ । ती व्यक्तिको नाम चाहिं खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?