+
+

कोटेश्वर डोजाङले जित्यो १२ स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते २०:२०

२७ असोज, काठमाडौं । शनिबार भएको कोटेश्वर डोजाङ तेक्वान्दो प्रतियोगितामा आयोजक कोटेश्वर डोजाङले सर्वाधिक १२ स्वर्ण जितेको छ । कोटेश्वरले थप ९ रजत र १४ कांस्य पनि जितेको छ ।

प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमी १० स्वर्ण, ८ रजत र ७ कांस्य साथ दोस्रो भयो भने सुन्दरीमाइले ७ स्वर्ण, ६ रजत र ७ कांस्य हात पार्‍यो ।

विजेतालाई ओलम्पियन तेक्वान्दोका विधान लामा, नेपालकी पहिलो महिला ब्लाक बेल्टधारी ब्रिगेडियर सुधासेन मल्ल, तेक्वान्दोका ओलम्पियन दीपक विष्ट, तेक्वान्दोका पूर्व मुख्य प्रशिक्षक ध्रुव गुरुङ, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन श्रेष्ठलगायतले पुरस्कृत गरे । प्रतियोगितामा १३ टिमका २ सय ८७ खेलाडी सहभागी थिए ।

अशोकलाई कोटेश्वर डोजाङको सम्मान

कोटेश्वर तेक्वान्दो डोजाङले नेपाली तेक्वान्दोमा योगदान पुर्‍याएको भन्दै कदर स्वरुप अशोक खड्कालाई शनिबार सम्मान गरेको छ ।

ओलम्पियन तेक्वान्दोका विधान लामा, नेपालकी पहिलो महिला ब्लाक बेल्टधारी ब्रिगेडियर सुधासेन मल्ल र तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन श्रेष्ठले खड्कालाई कदर पत्र प्रदान गरी सम्मान गरे ।

थुप्रै अन्तर्राष्ट्रिय र्‍याङ्किङ तेक्वान्दो च्याम्पियन्सिपमा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको नाम राखेको र प्रशिक्षकको रुपमा थुप्रै तेक्वान्दो खेलाडी उत्पादन गरेकोले खड्कालाई सम्मान गरिएको हो ।

गत वर्ष विश्व तेक्वान्दोमा समेत निर्णायकको भुमिका निर्वाह गरिसकेका खड्काले हालसम्म दुई दर्जन भन्दा बढी अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायको भुमिका निर्वाह गरिसकेका छन् ।

बेल्जियम ओपन, स्वीडिस ओपन, अस्ट्रेलियन ओपन जस्ता वर्ल्ड र्‍याङ्किङ प्रतियोगितामा सर्वश्रेष्ठ निर्णायक घोषित भइसकेका खड्का पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मी मध्ये एक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?