+
+

चीनले भन्यो- इजरायलको कारबाही आत्मरक्षाको दायरा भन्दा बाहिर पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १४:३४

२८ असोज, काठमाडौं । चीनका विदेश मन्त्री वाङ यीले इजरायलले गाजाका बासिन्दालाई सामुहिक दण्ड दिन रोक्नु पर्ने बताएका छन् ।

साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानलाई फोन गरेर वाङ यीले गाजामा इजरायलले गरिरहेको कारबाही आत्मरक्षाको दायरबाट बाहिर पुगेको बताए ।

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार चीनले इजरायल हमासबीचको संघर्ष रोक्नका लागि र शान्ति वार्ता अघि बढाउनका लागि आउँदो हप्ता विशेष दूत पनि पठाउन लागेको छ ।

गत हप्ता हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा सैन्य कारबाही तिव्र बनाएको छ । जसबाट अहिलेसम्म २ हजार ३०० जनाको मृत्यु भइसकेको छ । हमासको कारबाहीमा परेर इजरायलमा १ हजार ३०० जना मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?