+
+

त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १८:३३

२८ असोज, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले दिएको जानकारी अनुसार सबै खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेट शृंखला कात्तिक १ गतेदेखि सुरु हुनेछ र प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ ।

आयोजक क्यानका अनुसार  सहभागी टिमले डबल राउण्ड रोबिन लिग खेल्नेछन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।

कात्तिक १३ गतेदेखि काठमाडौंमै हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीस्वरुप क्यानले यो सिरिज गर्न लागेको हो ।

नेपालले पहिलो खेल कात्तिक १ गते यूएईसँग खेल्ने छ । यस्तै कात्तिक २ गते नेपाल र हङकङको खेल हुनेछ ।

कात्तिक ४ गते फूलपातीका दिन नेपाल हङकङबीचको दोस्रो खेल हुनेछ भने कात्तिक ६ गते नवमीका दिन यूएई र नेपालको खेल हुनेछ । फाइनल खेल भने १० गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?